कतारमा हुने २०२२ को विश्वकप फुटवलको निर्माणाधीन तयारीका लागी ल्याईएका नपाली कामदारहरुको  अवस्थाबारे वृत्तचित्र बनाउन कतार पुगेका दुई नेपाली मुलका बेलायती नागरिक  कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कतारको विदेश मन्त्रालयले जनाएको छ |

गत हप्ता कतारको राजधानी दोहा गएका मानव अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट (जीएनआरडी) मा कार्यरत छन् | उनीहरूलाई एकसाताअघि कतारको सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए। कतार विदेश मन्त्रालयले प्रकशित गरेको बिज्ञप्तिमा  भदौं १५ गते उनीहरुलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको विज्ञप्तिमा जनाइएको छ। अधिकारकर्मीद्वयको वर्तमान  अवस्थाबारे वेलायती परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको समेत बिज्ञप्तिमा उल्लेख छ | उनीहरु माथि कतारको कानुन उलंघन गरेको आरोप लगाइएको छ | हिरासतमा राखी उनीहरुको अनुसन्धान भैरहेको जानकारी पाए लगत्तै बेलायत सरकारले आफ्ना नागरिक माथि हिरासतमा कुनै किसिमको यातना हुन सक्नेमा चिन्ता व्यक्त गरेको छ |

Comments

comments