काठमाडौं । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक बर्षमा निर्माण सम्पन्न गराएका थिए । तर, अहिले दुईतलाको एउटा भवन ९ बर्षमा पनि निर्माण हुँदैन ।

यसको ज्वलन्त उदाहरण भएका छन, सहरी विकास तथा भवन निर्माण विभागअन्र्तगतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती भवनलाई रुण अयोजनाका रुपमा राखेर छानविन सुरु गरेको छ ।

ठेकेदार र भवन निर्माण विभागको लापारबाहीले ३१ जिलाका १ सय ३३ वटा भवन ठेक्का सम्झौताको नौं र ७ वर्ष वितिसक्दा पनि बनेका छैनन् । एकतले भवन तीन महिना र साढे तीन तलाासम्मको भवनको र्मिाणकार्य छ महिनामा पूरा हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments