काठमाडौं । मङ्सिर १५ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘साढे ७’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

नाकाबन्दीको समयमा नेपालीले भोगेको पीडा देखाउन खोजिएको चलचित्रमा गायक सत्यराज आचार्य र मेनुका प्रधान मुख्य भूमिकामा रहेका छन्। सम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्रमा सत्यराज पत्रकारको भूमिकामा देखिएका छन्। सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा सत्यराज र मेनुकाको साथै सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल मुख्य भूमिकामा रहेका छन् ।

यसअघि गायक सत्यराजले आचार्य चलचित्रमा पनि लिड रोलमा खेलेका थिए ।

Comments

comments