काठमाडौं । मनभरि माया बोकेर आफ्नो प्रेमिकालाई भेट्ने चाहनाले उसको गाउँ पत्ता लगाउन हिंडेको छ एउटा प्रेमी । सन्दीप परियारको सुमधुर स्वरले सजिएको यो प्रेम कथाले जो-कोहीलाई प्रेमिल संसारमा डुबाउछ ।

मनोज बाराकोटी ‘सानु’ ले उनेका यी प्रेमभावका शब्दहरुमा प्रमोद पन्तले मन्त्रमुग्ध पार्ने संगीत भरेका छन् । परदेशी प्रेम बोलको यो गीतको म्युजिक भिडियोमा सीएम वरोदज्ज़ सुवेदी र अस्मिता विश्वकर्माको अभिनय देख्न सकिन्छ ।

संजिव पौडेलको निर्देशन तथा ऋचा राउतको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई कन्सेप्ट क्रिएसनले निर्माण गरेको हो ।

Comments

comments