काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ र ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको छ ।

असोज ९ गते सोमबार पचली भैरव यात्रा तथा असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती परेको छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ ।

त्यस्तै असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा तथा असोज १३ गते शुक्रबार महानवमी र असोज १४ गते शनिबार विजया दशमी परेको छ ।

विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको बताइएको छ ।

असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ भने असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments