एजेन्सी। भारतका डेरा प्रमुख बाबा राम रहीम १२ दिनदेखि कैदी नं ८६४७ को परिचय लिएर जेलमा छन् । दुई महिला बलात्कार मुद्दामा उनलाई २० वर्ष जेल सजाय तोकिएको हो ।

भारतीय संचार माध्यमहरुका अनुसार राम रहीमलाई छुट्टै कोठा दिइएको छ जसमा उनीसँगै ३ जना कैदी पनि बस्छन्। उनी तिनै कैदीहरुसँग गफ गर्ने गर्छन्। उनको कोठा वरिपरि चारैतिर बन्द गरिएको छ र २४ सै घण्टा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

जेलमा राम रहीमको भान्सादेखि बस्ने ठाउँसम्म सीसी क्यामेराले अवलोकन गर्छ। जेलको रोटी नरुचाउने उनले जेलको क्यान्टिनमा जुस र फलफुल किनेर खान्छन्। उनी दिनरात रुँदै भगवानलाई पुकार्दै बस्ने र खाना पनि ठीकसँग नखाने, निदाउन पनि नसक्ने भएको खबर बाहिरिएको छ । नजिकका मानिसहरुसंग भेट्न चाहेका उनले अहिलेसम्म कसैलाई पनि भेट्न पाएका छैनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments