काठमाडौं। चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर र गीत सार्वजनिकसँगै अहिले फिल्मको पोष्टर पनि सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा दीपिका प्रसाइलाई विशेष हाइलाइट गरिएको छ ।

पोष्टरको डिजाइनले नायक रमेश उप्रेती र मोडल तथा कलाकार प्रशान्त ताम्राकारकोबीचमा दीपिका रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा अर्की नायिका केकी अधिकारी पनि छिन् । तर, यसको केकीलाई भने पोष्टर र टिजरबाट लुकाएको छ ।

चलचित्रमा दीपिका सुपर मोडलको भूमिकामा देखिएकी छिन् । दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाइ र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् ।

यो पोष्टरलाइ टौवा क्रियसनले डिजाइन गरेको हो । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माताको रुपमा छन् सुदिप बरालले छायांकन गरेको चलचित्रको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । कलाकार तथा प्रस्तुतकर्ता रमेश उप्रेतीले गीत र टिजरबाट पाएको प्रतिक्रियाले आफूहरु अत्यन्त उत्साहित भएको बताए । कात्तिक ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

Comments

comments