काठमाडौं । दशैं नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । त्यसैले प्रत्येक नेपालीले दशैंलाई विशेष महत्व दिएर हर्षोल्लासका साथ मनाउँछन् । दशैं खुशी साटासाट गर्ने मात्र होइन किनमेलको पर्व पनि हो । किनभने दशैंमा लुगाफाटादेखि हरेक कुरा नयाँ होस् भन्ने नेपाली चाहना अहिलेको होइन,परम्परागत हो । विभिन्न मुलुकमा पुगेका नेपालीहरुले समेत दशैं भव्यताकासाथ मनाउने गरेका छन् ।

यस वर्षको दशैं नजिकिएसँगै दशैंको किनमेल गर्नेको बजारमा घुँइचो लाग्न थालेको छ । दशैं लक्षित विभिन्न व्यापारिक मेलाको आयोजना हुने देखि शहर बजारमा पनि चहलपहल बढ्न थालेको छ । तर प्रविधिको युगमा किनमेलको झण्झट गर्न नपर्ने स्थिति पनि छ । किनभने अहिले विभिन्न अनलाइन सेवा प्रदायकहरुले तपाईले रोजेको र खोजेको सामान मोबाइल वा कम्प्युटरमा एक क्लिक गरेको भरमा घर दैलोमै ल्याइदिन्छ ।

प्रविधिमैत्री उपभोक्ताहरुलाई ध्यानमा राखी अनलाइन सेवा सञ्चालन गर्दै आएको केक टु नेपालले पनि दशैंमा उपभोक्तालाई सुविधा मिल्ने आकर्षक फेष्टिभ सेवा ल्याएको छ । भव्य दशैं नामक उक्त फेष्टिभ सेवा अन्तर्गत उपभोक्ताहरुले दशैंकालागि आवश्यक सामान घरैमा बसीबसी प्राप्त गर्न सक्नेछन् ।

यति मात्र होइन अष्ट्रेलिया,जापान,अमेरिका,युके लगायतका देशमा रहेका नेपालीहरुले दशैंमा नेपालमा रहेका आफ्ना आफन्त वा साथीभाइलाई सरप्राइज गिफ्ट समेत केक टु नेपालबाट पठाउन सकिन्छ । यसरी केक टु नेपालबाट दशैंकालागि कोसेली वा उपहार पठाउनेले आकर्षक पुरस्कार समेत जित्न सक्नेछन् । केक टु नेपालबाट कोसेली वा उपहार पठाउन यहाँ क्लिक गरेर अनलाइन फाराम भर्नुपर्ने व्यवस्था छ ।

Comments

comments