काठमाडौँ । निर्धारित मूल्य भन्दा सतप्रतिशत महँगोमा बेचेको पाइएपछि आपूर्ति विभागले बुधबार दिउँसो दरबारमार्गका चारवटा फेन्सी पसलमा शिलबन्दी गरेको छ ।

आपूर्ति विभागबाट अनुगमनमा पुगेको टोलीले दरबारमार्गस्थित लायन्स स्टाइल इटरपराइजेज, बोसिनी ब्रान्ड, रिबोक, वाच एन्ड सी र लिभाइसमा शिलबन्दी गरेको हो ।

आपूर्ति विभागको टोलीले अनुगमनका क्रममा कपडा र जुत्तामा दोब्बर फाइदा राखेको भेटेको थियो । विभागका अनुसार १७ सय पर्ने टिर्सट ३७९० बेचेको भेटिएको छ । त्यसैगरी ७ हजार पर्ने जुत्ता १६७९० रुपैयाँमा बेच्ने गरेको विभागले भेटेको थियो ।

विभागको टोलीले ३५७० को पाइन्ट ६७९० बेचेको भेटेपछि चारवटै पसलमा शिलबन्दी गरेको हो । सरकारी अधिकारीहरुले बढी मूल्य लिएर बिक्री गर्नेमाथि कारबाही जारी राखिने बताएको छ ।

उता स्थानीय व्यापारीले भने २० प्रतिशत नाफाले नपुग्ने जिकिर गरेका छन् । उनीहरुले कर्मचारी पाल्नुपर्ने, भाडा महँगो भएको तथा यो क्षेत्रको स्टान्डर्ड मेन्टन गर्नु पर्ने भएकाले २० प्रतिशत भन्दा धेरै नाफा खानुपरेको जिकिर गरेका छन् ।

 

Comments

comments