मेलबर्न । अष्ट्रेलियामा पढ्ने चीनका विद्यार्थीहरुले अष्ट्रेलियामा पढाइने चीन सम्बन्धि जानकारी गलत भएको भन्दै विरोध गरेका छन् । उनीहरुले ती शैक्षिक सामग्री र युनिभर्सिटीले चीन सम्बन्धि भ्रम फैलाएको र चीनको गौरवमा आंच पुगेको भन्दै विरोध जनाएका हुन् ।

गत हप्ता युनिभर्सिटी अफ न्यु क्यासलमा प्रध्यपाक र चिनियाली विद्यार्थी बीच ताइवान र समग्र चीनको भौगोलिक स्थितिलाई लिएर भएको विवादको भिडियो लिक भएपछी यो विषयले ठूलो रुप लिएको हो ।

यो घटना पछि अष्ट्रेलियाका अरु युनिभर्सिटीमा चीन सम्बन्धि पढाइने सामग्री र चिनियाली विद्यार्थीहरु प्रतिको व्यवहार पनि बाहिर आउन थालेको छ । अहिले दुवै देशले यो विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments