काठमाडौं । मेडिकल शिक्षाका सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आउनु भएका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आजदेखि पुनः अनसन थाल्नु हुने भएको छ ।

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेजको माग गर्दै डाक्टर केसीले आजदेखि पुनः १२ औं अनसन थाल्नु हुने भएको हो ।  मागप्रति सरकार सम्वेदनशील नभएकोले फेरि अनशन बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिनुभयो ।

असारको अन्तिम साता आएको बाढीपहिरोको क्षतिपछि ११ पटकको अनसनको २३ औं दिनमा डाक्टर केसीले अनसन स्थगित गर्नु भएको थियो ।

Comments

comments