मेलबर्न । अष्ट्रेलियाको नागरिकता सम्बन्धि नियममा संसद छलफल भएको छ । संसदमा हाल परिवर्तन गरिने भनिएको नियम लचकदार हुनुपर्नेमा जोड दिइएको छ ।

अंग्रेजी भाषा परिक्षालाई विशेष समय दिइएको छलफलमा अंग्रेजी भाषा परिक्षामा हदसम्मको कडाइ हुन नहुने विचार आएका थिए । अंग्रेजी भाषा दैनिक जीवनको आवश्यकताको लागि भए पुग्ने र त्यसको लागि कडा परिक्षा लिन नहुने कुरामा जोड दिइएको थियो ।

त्यस्तै अहिलेको सरकार भन्दा पहिल्यै पीआर लिइसकेकाहरुलाई चार वर्ष पर्खाउन नहुने, तीन पटक सम्म फेल भएमा परिक्षा नलीइने नियमको साटो केही समय तथा शुल्क तोकेर परिक्षा लिनुपर्ने विचारहरु राखिएका थिए ।

कडा परिक्षाले गर्दा अष्ट्रेलियाको लागि राम्रो र सभ्य नागरिक गुम्न सक्ने तर्क समेत संसदमा राखिएको थियो ।

Comments

comments