काठमाडौं । विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको महत्वपूर्ण खेलमा लियोनल मेस्सीको टिम अर्जेन्टिना भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको हो ।

यो खेलमा बराबरी भएपछि अर्जेन्टिनाले रुस विश्वकपमा स्थान बनाउनका लागि आउँदो महिना हुने छनौट चरणका खेलमा पनि मेहनत गर्नुपर्ने भएको छ ।

बराबरीपछि अर्जेन्टिना १६ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ । १० देश रहेको क्षेत्रमा शीर्ष चारमा रहने टिम विश्वकपक लागि छनौट हुने छन् भने पाँचौं स्थानमा रहने टिमले प्लेअफ खेल्नुपर्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments