काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा झण्डै ५० देखि ६० हजार खसीबोका र च्याङ्ग्रा भित्रिँदैछन् । दशैंका बेलामा उपत्यकामा झण्डै ५५ हजार खसीबोकाको मासु खपत हुने गरेकाले त्यसैलाई लक्षित गरी सरकार र निजीस्तरबाट उक्त सङ्ख्यामा खसीबोका भित्र्याउन लागिएको हो।

दशैंका लागि सरकारी स्वामित्वको नेपाल खाद्यसंस्थान र निजी क्षेत्रको चौपाया खरिदबिक्री सङ्घले मात्रै झण्डै ५० देखि ६० हजार खसीबोका भित्र्याउने गरेको बताउँदै आएका छन् ।

नेपाल खाद्यसंस्थानले विभिन्न जिल्लाबाट काठमाडौंमा ल्याएर एक हजार ५०० खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । यता निजीतर्फको माछामासु व्यवसायी सङ्घले दशैंका लागि ४० देखि ४५ हजार खसीबोका र १० देखि १५ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको जनाएको छ ।

खाद्य संस्थानले मकवानपुरको हेटौंडा र दाङको तुल्सीपुरबाट एक हजार ५०० खसीबोका खरिद गर्ने र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने गृहकार्य भइरहेको जनाएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले संस्थानले खरिद गर्ने खसीबोका र च्याङ्ग्रा घटस्थापनादेखि बेच्न सुरु गर्ने गरी ल्याउने तयारी भएको जानकारी गराउनुभयो ।

खाद्यसंस्थानले दशैंका बेलामा खसीबोका बिक्री गरेर बजार नियन्त्रण गर्ने काम गरिरहेको भन्दै उहाँले संस्थानको यो कार्य बजार हस्तक्षेपका लागि कोशेढुङ्गा सावित भएको बताउनुभयो । सापकोटाका अनुसार संस्थानले गतवर्षको दसैँमा दुई हजार ५०० खसीबोका र एक हजार च्याङ्ग्रा बेचेको थियो ।

उपत्यकाको अधिकांश मासुको माग निजीस्तरका व्यापारीबाट पूर्ति हुने गरेको र त्यो माग ९० प्रतिशत भारतबाट पूरा गर्ने गरेको व्यापारीहरू बताउँछन् । उपत्यकामा दशैंमा मात्रै झण्डै ११ देखि १२ लाख किलो खसीबोकाको मासु खपत हुने तथ्याङ्क छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments