ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियालाई पराजित गरेको छ ।

मिआमीमा आज बिहान भएको मैत्रीपूर्ण खेलको ८३ औ मिनेटमा नेइमारले टिमका लागि निर्णायक गोल गरेका हुन् । उनले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो हाफमा जुआन क्वाद्राडोले दोहोरो पहेलो कार्ड पाएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्याण्डस्सँग ३–० को हार ब्यहोरेपछि ब्राजिलले पहिलो अन्तर्राष्ट«िय खेल खेलेको हो ।

Comments

comments