मेलबर्न । अष्ट्रेलियाकी विदेशमन्त्री जुली विषपले नेपालका बाढी पीडितका लागि २० लाख डलर सहयोग घोषणा गरेकी छिन् ।

विदेशमन्त्री विषपले अष्ट्रेलियाको विदेश मन्त्रालयको तर्फबाट विज्ञप्ति जारी गर्दै अष्ट्रेलिया सरकार, नेपालमा हालै गएको बाढी र पहिरोबाट पीडित बनेकाहरुको लागि आवश्यक पर्ने सहयोग चाहेको बताएकी छिन् । विज्ञप्तिमा गैरसरकारी संस्थाहरु मार्फत परिचालन गर्ने गरि १० लाख डलर र अरु १० लाख डलर विश्व खाद्य कार्यक्रममार्फत खर्च गर्ने गरि जम्मा २० लाख डलर सहयोग गरिने उल्लेख गरिएको छ ।

यसको साथै उक्त सहयोग रकमलाई आपतकालीन बासको व्यवस्था, खाद्यान्न र स्वच्छ पानीका लागि उपयोग गरिने पनि बताइएको छ । यससँगै अष्ट्रेलियाले ६ हजार ६ सय महिला र बालबालिकाहरुको लागि सफाईका विभिन्न सामग्री पनि दिने विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comments

comments