मेलबर्न । अष्ट्रेलियामा बसोवास गरिरहेका साकारलाई नेपाल फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाली महावाणिज्य तथा नेपाली दुतावास सँग समन्वय गरी उनलाई नेपाल फर्काउने तयारी गरेको हो ।

साकार पछिल्लो केही समयदेखि विवादमा छाएका छन् । र्याप गीत गाउने उनी सामाजिक संजालमा अश्लिल तथा जथाभावी गालिगलौजका शब्द पोस्ट गरेका कारण विवादमा आएका हुन् । उनलाई सम्झाउँदा पनि केही परिवर्तन नआएको भन्दै उनकी आमाले साकारलाई नेपाल फर्काउन सहयोगको अपिल गरेपछि नेपाल फर्काउने तयारी भएको हो ।

साकारलाई अस्पताल पुर्याएर उनलाई उपचारको लागि पहल पनि गरिएको थियो । तर, उनि भने अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा नै उस्तै व्यवहारमा फर्किएका थिए ।

Comments

comments