काठमाडौं । भाद्र शुक्ल चतुर्दर्शीका दिन मनाइने इन्द्रजात्रा आज परेको छ ।  काठमाडौं उपत्यकालगायत धुलिखेल, दोलखामा इन्द्रको पूजाअर्चना गरी इन्द्रजात्रा मनाइँदैछ ।

भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन गत आइतबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि जात्रा सुरु भएको हो । इन्द्र जात्राको अघिल्लो दिन सोमबार ५ सय ४ कुमारी पूजा गरिएको छ । जात्राको मुख्य दिन आज हनुमानढोका दरबार क्षेत्रमा दिउँसो राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने काठमाडौं जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

जात्राकाबेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा छ । इन्द्रजात्रामा काभ्रेपलाञ्चोक उग्रचण्डी नाला जंगलबाट ल्याइएको लिंगो ठड्याउने परम्परा छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी जंगलमा छोडिएको बोकाले स्पर्श गरेको रूख इन्द्रध्वजाका लागि लिंगोका रूपमा विधिपूर्वक तयार पारिन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार लिंगो ठड्याएपछि नाचगान, रथयात्रा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments