काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री तथा पछिल्लो समय राजनितीमा सक्रिय रहेकी करिश्मा मानन्धर विद्यालय भर्ना भएकी छिन् । ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी उनी यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् ।

करिश्माले आफ्नो क्षेत्रको काममा आफू अब्बल र पी.एच.डि सरह दरिए पनि औपचारिक शिक्षाको खाँचो भएकोले यो उमेरमा विद्यालय भर्ना भएको बताएकी छिन् । नयाँ शक्ति पार्टी नेपालले सोमबार गरेको अनौपचारिक कार्यक्रममा करिश्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् ।

उनले यो वर्ष मैतीदेबीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएर पढ्दै आएको बताएकी छिन् ।कार्यक्रममा बोल्दै उनले कलाकारको रुपमा देश विदेश चहार्दा सँधै आफूलाई औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्ने गरेको र त्यही पीडालाई शान्त पार्न अहिले विद्यालयको ढाकोसम्म पुगेको खुलाएकी थिईन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments