मेलबर्न । अष्ट्रेलियामा बसाई सराइ गरि आएका विदेशीहरुलाई दिने कार्यक्रम मध्ये एक हो ‘एसइइ’ कार्यक्रम । यो कार्यक्रम, अष्ट्रेलियामा छ महिनाभन्दा बढी बसेका, आधारभूत अंग्रेजी थाहा भएका र अष्ट्रेलियामा काम खोजिरहेकाहरुलाई लक्षित हुन्छ । यसको मूख्य उद्देश्य अंग्रेजीमा थप ज्ञान दिई काम पाउनको लागि सहयोग गर्नु हो ।

१५ देखि ६४ वर्ष उमेरसमूहभित्रका, पार्ट टाइम विद्यार्थी, हुमन सर्भिस डिपार्टमेन्टमा ‘जब सिकर’ को रुपमा दर्ता भएका व्यक्तिहरु यो कार्यक्रमको लागि योग्य मानिन्छन्। हुमन सर्भिस डिपार्टमेन्टबाट रिफर भएपछी कार्यक्रममा सहभागी हुन सकिन्छ । यस कार्यक्रममा सहभागी हुँदा व्यवसायिक कोर्सको लागि भर्ना हुन समेत सहयोग मिल्छ ।

यो कार्यक्रमको बारेमा जानकारी लिन र कार्यक्रममा सहभागी हुनको लागि हुमन सर्भिस डिपार्टमेन्टमा १३२ ८५० मा सम्पर्क गर्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments