काठमाडौं । भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेकाहरुले अब निर्वाचन लड्न नपाउने भएका छन् । सरकारले भ्रष्टाचार लगायत फौजदारी अभियोगमा सजाय भोगका कसैले पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहित ल्याएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी बिधेयकलाई राज्यव्यवस्था समितिले पारिति गरेपछि अब भ्रष्टाचारको सजाय भोगेकाहरुले  निर्वाचनमा लड्न नपाउने भएका हन् ।

भ्रष्टाचारको अभियोगमा सजाय  भोगिसकेकाको हकमा तीन बर्षपछि निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानासहित १९ जना सांसदहरुले दर्ता गराएको संशोधन ढुंगानाले फिर्ता लिएसँगै निर्वाचन सम्बन्धी बिधेयकलाई समितिको बैठकले पारित गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिनुभयो ।

Comments

comments