काठमाडौं । हाल अमेरिका बस्दै आएका नेपाली चलचित्रका अभिनेता राजवल्लभ कोईरालाले इन्गेजमेन्ट गरेका छन् । उनले अमेरिका नै बस्दै आएकी प्रतिमा बिमली संग उनले इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्ट अहिले सम्पन्न भएतापनि उनीहरुको विवाह भने डिसेम्बरमा हुने बुझिएको छ । चलचित्र ‘हाइवे टु घम्पुस’ को छायाँकनका लागि अमेरिका पुगेका कोइराला त्यसयता अमेरिका बस्दै आएका छन् ।

नेपाली म्युजिक भिडियो तथा चलचित्रमा समेत लोकप्रिय मानिएका राजको डेब्यु चलचित्र ‘पर्खी बसे’ हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments