सूचीकृत कम्पनीहरुलाई २१ दिनभित्र अनिवार्य रुपमा ‘डिम्याट’ गर्न नेपाल स्टक एक्सचेन्जले निर्देशन जारी गरेको छ ।

आगामी कातिर्क २ गतेबाट अनिवार्य रुपमा ‘डिम्याट’ भएका धितोपत्रहरु मात्र कारोबार हुने व्यवस्था रहेकाले उक्त मितिभित्र कारोबार गर्न योग्य हुने गरी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सी डी एस सी) मा दर्ता हुन बाँकी सूचीकृत कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले  विज्ञप्ति जारी गरी २१ दिनभित्र अनिवार्य रुपमा ‘डिम्याट’ गर्न निर्देशन जारी गरेको हो ।

उल्लेखित मितिभित्र सी डी एस सीमा दर्ता हुन नआउने कम्पनीहरुलाई नेप्सेले नियमानुसार कारबाही गर्ने जनाएको छ ।

Comments

comments