तम्घास । ‘साँझ घर जाँदा ज्यान थाकेर उठबस गर्न सक्दिनँ । हातभरि फोका परेका छन् । घरमा छोराछोरी भोकले कराइरहेका हुन्छन्, जसोतसो खाना पकाएर खुवाउँछु ।

गिट्टि कुटिरहेको अवस्थामा भेटिएकी मदाने गाउँपालिकास्थित ढडुवा पुर्कोटदहकी ४२ वर्षीया भीमकुमारी नेपालीले यस्तो दुखेसो सुनाईन् । उनले तम्घास–अर्घखाँची सडकअन्तर्गत तम्घास बजारनजिकै सडकछेउ बसेर गिट्टी कुट्न थालेको वर्षौँ भइसक्यो । बिहान ९ बजेदेखि साँझ छ बजेसम्म गिट्टी कुट्छिन् उनी ।

‘दिउँसोभरि काम गर्दा राति शरीर चलाउन नमिल्ने गरी दुख्छ’, उनले भनिन्,‘सुत्केरी हुँदा श्रीमान्ले साथ दिएनन् । औषधि खाँदै काम गर्छु ।’ गाउँघरमा काम पाउँदा मेलापात जाने  गरे पनि हिजोआज कसैले नबोलाएको उनले बताइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments