काठमाडौँ  । अविरल बर्षाका कारण तराईका केही क्षेत्र डुवानमा परेर घर गुमाएका बाढीपीडितका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले नमुना बस्ती बनाउने भएको छ।

बाढीपीडितको राहत र उद्धारमा खटिएका कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस–सुन्तली फाउन्डेशनले बाढीपीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।

बाढीपीडितहरुको अवस्था एकदमै पीडादायीे, पालमुनी बस्नुपर्ने अवस्था रहेकाले उनीहरुको दैनिक जीवन सहज बनाउन  फाउन्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

तराईका १२ जिल्लाका २३ स्थानमा झण्डै ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेका धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पीडितहरुको अवस्था देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् । ‘उहाँहरु अझै पनि पालमुनि बसिरहनुपरेको अवस्था छ  । यतिबेला बाढीपीडितलाई बासस्थानको आवश्यकता छ’ धुर्मुसले भावुक हुँदै भने, ‘अर्को मानवीय क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महशुस भएको हो ।’

बाढीपीडित तराईबासीसँग अतिआवश्यक कुरा समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ले राहत मात्र नदिइ बासस्थानको जरुरत भएका उल्लेख गरिन् । फाउन्डेशनले बाढीपीडितका लागि आएको सहयोग रकमले नमुना बस्ती निर्माण गर्ने जानकारी उनले दिइन् ।

एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाए पनि कहाँ र कति लागतमा बनाउने भन्ने अझै टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाइ छ ।  राहत बितरणमा ब्यस्त रहेका फाउन्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेका अनुसार बस्ती पीडितहरु बढी भएको स्थान र कुनै बिपत्तिले तत्काल प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने छ ।

‘हामी अझै पनि नमुना बस्ती बनाउने ठाउँको छनौटमा छौँ । बस्तीमा बन्ने घरहरुको प्रकृति र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुरा सार्बजनिक गरिनेछ’, उनले भनेका छन् ।

बाढीपीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माणसँगै केही समयअघि मात्रै ५ अर्बको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाढी बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्ती जस्तै बाल, अपाङ्गमैत्री र भुकम्पप्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि तीनवटा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments