काठमाडौँ । रियल मड्रिडमा मिड फिल्डर इस्कोले दुर्इ गोल गरेपछि स्पेनले बलियो प्रतिद्वन्द्वी इटालीमाथि ३-० को सहज जित दर्ता गराएको छ ।

सन् २०१८ को विश्वकपका लागि युरोपियन महादेशको छनोट खेल गएराति भिडेका यी दुर्इ बलिया देशमा बाजी स्पेनले मारेको हो । इस्कोले दुर्इ गोल गरेको खेलमा अर्को एक गोल यसैसिजन रियल मड्रिडबाट चेल्सी भित्रिएका अल्भारो मोराटाले गर्न सफल भए ।

स्पेनको घरेलु मैदानमा भएको समूह जी को खेलमा जित निकालेपछि स्पेनले विश्वकप यात्रा बलियो बनाएको छ । अर्कातिर बलियो रक्षापंक्ति भएर पनि पराजित भएको इटाली स्पेनभन्दा ३ अंक तल पर्दै विश्वकपमा छानिन प्ले अफ् खेल्ने बाध्यतामा पुग्ने अवस्था देखिएएको छ ।

विश्वकप छनोटअन्तर्गत गएराति नै भएका अरू खेलमा वेल्सले अष्ट्रियालाई १-० ले पराजित गरेको छ । त्यसैगरि युक्रेनले टर्कीलार्इ २-० पाखा लगायो । अर्को खेलमाा फिनल्याण्डले आइसल्याण्डलाई १-० ले हराउँदा मेसेडोनियाले इजरायललार्इ १-० ले हरायो ।

क्रोएसिया र कोसोभोबीचको खेल भने रद्ध भएको छ । खेलकाा क्रममा मैदानमा ठुलो पानी परेर जमेपछि खेल रद्द गरिएको हो।
क्रोएसिया र कोसोभोबीचको खेल भईरहँदा भारी वर्षाले मैदानमा पानी जमेपछि खेल रद्द भएको छ । यो खेल आज पुनः खेलाइनेछ ।

Comments

comments