मेलबर्न । अष्ट्रेलियामा स्तन सर्जरी गर्दा एक युवतीको ज्यान गएको छ । ३५ वर्षिया जिन हुवांग स्तन ठूलो बनाउने शल्यक्रिया गर्न चिनियाँ पर्यटककोमा पुगेकी थिईन् ।

३३ वर्षिया पर्यटक जी साओले जिनको शल्यक्रिया गरेकी थिईन् । गत बुधबार शल्यक्रियाको क्रममा जीको अवस्था गम्भिर भएपछी अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उनको निधन भएको पुष्टि गरिएको हो ।

शल्यक्रिया गर्ने साओ कुनै प्रमाणित चिकित्सक नभएको र व्यक्तिगत चिनजानका आधारमा शल्यक्रिया गरेको बताइएको छ । उनले बेलायतबाट सो कामको लागि शिक्षा लिएको प्रमाण पेश गरेतापनि अष्ट्रेलियामा काम गर्नको लागि कुनै अनुमति लिएकी थिइनन् ।

शल्यक्रिया गरिएको क्लिनिक सिड्नी सेन्ट्रल स्टेशन नजिक रहेको सेन्ट्रल पार्क भित्र रहेको र गत मे महिना देखि मात्र संचालनमा आएको बताइएको छ ।

Comments

comments