मेलबर्न । अष्ट्रेलियाको नर्सिङ्ग होममा फ्लुबाट सात जनाको मृत्यु भैसकेको छ । भिक्टोरियामा इन्फ़्लुएञ्जाबाट वृद्ध उमेरका व्यक्तिहरुको ज्यान गएको हो ।

भिक्टोरियाका मेडिकल चिफ अफिसर ड़ा. ब्रेट सटनका अनुसार अरु एक सय मानिस यसबाट प्रभावित भएका छन् । भिक्टोरिया राज्यले यो सिजन इन्फ़्लुएञ्जाको लागि अहिलेसम्मकै सबैभन्दा खतरा भएको बताएको छ ।

यस फ्लुबाट विशेष गरि ७० देखि ९४ वर्षसम्मका मानिसहरु प्रभावित छन् भने बच्चाहरुमा पनि छिटै संक्रमण हुन सक्ने देखिएको छ । गत वर्ष भिक्टोरियामा मात्र ८०० जनाको यस फ्लुको संक्रमणबाट मृत्यु भएको बताइएको छ ।

संक्रमण फैलिन नदिन सरकारले सबैजनालाई सतर्कता अपनाउन आव्हान गरेको छ ।

स्रोत 

Comments

comments