एजेन्सी । संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाका सभामुख पल रायनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कागजपत्र नभएका युवा आप्रवासीलाई उनीहरुको देश फर्काउनबाट रोक्ने व्यवस्था रद्द नगर्न आग्रह गरेका छन् ।

ट्रम्पले यस विषयको निर्णय मङ्गलबार ‘डाका’ भनिने कार्यक्रममा घोषणा गर्नेछन् । ‘डाका’ले अमेरिकामा गैरकानुनी रुपमा ल्याइएका बच्चालाई अस्थायी आवास उपलब्ध गराउँछ ।

‘डाका’ले हजारौंलाई देश फर्काउनबाट रोक्नुका साथै उनीहरुलाई काम र पढाइको अनुमति दिनेछ । ‘डाका’ कार्यक्रमबाट करिब ७ लाख ५० हजार मानिसलाई संरक्षण गरिएको छ । जसमा बहुसंख्यक मेक्सिको र ल्याटिन अमेरिकी मुलुकका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments