विश्व नम्बर १ सेरेना विलियम्स युएस ओपन टेनिसको उपाधि नजिक पुगेकी छिन् ।

१७ औँ वरियताकी रुसी एक्तारिना माकारोभालाई पराजित गर्दे उनी उपाधि नजिक पुगेकी हुन् । उनले माकारोभालाइ ६–१ र ६–३ को सोझो सेटमा पराजित गरेकि हुन् । १८ औँ ग्राण्डस्लाम उपाधि नजिक पुगेकी सेरेनाले फाइनलमा डेनमाकर्क क्यारोलिन वाज्नेस्कीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

चीनकी सुई पेङले दोस्रो सेटमा वाकओभर दिएपछि वाज्नेस्की फाइनल पुगेकी हुन् । पहिलो सेट वाज्नेस्कीले ७–१ ले आफ्नो पक्षमा पारेकी थिइन् दोस्रो सेट ४–३ को अवस्थामा पुग्दा पेङ रिटायर्ड हर्ट भएपछि वाज्नेस्की फाइनल पुगेकी हुन् ।

Comments