एजेन्सी । विश्व विजेता जर्मनीले विश्वकप फुटबल छनौट चरणमा लगातार सातौं जित दर्ता गरेको छ । रुस विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएका खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।

जर्मनीको जितमा टिमो वर्नर र म्याट्स हमल्सले गोल गरे । चेक गणतन्त्रका लागि भ्लादिमिर डारिडाले एक गोल गरे । सात खेलबाट २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानम छ ।

राति नै भएको अर्को खेलमा सान मारिनोलाई ३–० ले हराएको नर्दन अयरल्याण्डको छनौट हुने सम्भावना पनि बढेको छ । सात खेलबाट १६ अंकसहित नर्दन आयरल्याण्ड दोस्रो स्थानमा छ । समूह ‘सी’ अन्तर्गतकै खेलमा नर्वेले अजरबैजानलाई २–० ले हरायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments