एजेन्सी । इङ्ग्ल्यान्डका पुर्व कप्तान तथा एभर्टनका स्ट्राइकर वायन रुनी पक्राउ परेका छन् । अर्को इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट यसै सिजन एभर्टन सरेका इङ्ग्ल्यान्डका पूर्व कप्तान रुनीलाई मादक पदार्थ पिएर सवारी चलाएको अभियोगमा पक्राउ गरिएको हो ।

रुनीलाई उनकै घर नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन । रुनीलाई एभर्टनको अभ्यासपश्चात घर फर्कने क्रममा मादक पदार्थ पिएकोअभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

Comments

comments