एजेन्सी । भारतका सीप विकास मन्त्री, जलस्रोत मन्त्री, कृषिमन्त्री, जलस्रोत राज्यमन्त्री, साना उद्यम मन्त्रीले राजीनामा दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएका बेला मन्त्रीहरुको राजीनामा आएको हो ।

राजीनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यम मन्त्री गिरीराज सिंह छन् ।

बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री अरुण जेटलीसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा  उनले वर्तमान मन्त्रिमण्डल पुनर्गठनको कुरा गरेका थिए ।

प्रधानमन्त्री मोदीले आगामी शनिबार वर्तमान मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएको छ । मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुलाई पनि स्थान दिने कार्यक्रमअनुसार नै राजिनामा मागिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments