काठमाडौँ । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि भएको चुनावको बिहीबारदेखि सुरू मतगणना त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित स्मृति भवनमा जारी छ । शुक्रबार विहानको परिणामअनुसार जम्मा ७१७ मत गनिसक्दा अध्यक्षमा रन्‍जित तामाङले अग्रता कायमै राखेका छन् ।

जानकारी अनुसार प्रदेश नम्बर १,२,४ र ७ को मत गनिसकिएको छ । शुक्रबार विहानसम्मको जानकारी अनुसार रन्जितले ४८ मतले अग्रता बनाएका छन् । अनिल शर्माले २८८ मत पाएका छन् भने रन्जितले ३३६ मत ल्याएका छन् । अहिले शर्माको पकड भएको ५ र ६ नम्बर प्रदेशको मत गनिँदैछ ।

Comments

comments