काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘२ रुपैयाँ’ अष्ट्रेलियाबाट रिलिज हुने भएको छ । असिम शाहद्वारा निर्देशित चलचित्र नेपाली फिल्म ‘२ रुपैयाँ’ नेपालसँगै सेप्टेम्बर ८ मा सिड्नीमा पनि रिलिज हुने भएको हो।

आरकेएस अष्ट्रेलियाले यो चलचित्रलाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो। अष्ट्रेलियामा नेपाली चलचित्रहरुको प्रदर्शन गर्दै आइरहेको आरकेएसका अनुसार, अष्ट्रेलियाको सिड्नीमा यो फिल्म सेप्टेम्बर ८,९ र १० तारीख़ गरेर तीन सो चल्ने छ। टाउन हलस्थित इभेन्ट सिनेमामा रिलिज हुँने २ रुपैया सेप्टेम्बर ९ का दिन बरउड तथा सेप्टेम्बर १० का दिन हर्स्भिलको इभेन्ट सिनेमामा प्रदर्शन हुने बताइएको छ ।

निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान, बुद्धि तामाङ आदि कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘२ रुपैयाँ’ ‘कुटुमा कुटु सुपारी दाना’ गीतका कारण विशेष चर्चामा आएको छ ।

Comments

comments