झापा । अस्पताल खर्च तिर्न नसक्दा अर्जुनधारा नगरपालिका–९ कालिस्थानकी सम्झना सुनुवार २० दिनयता अस्पतालमै  बस्न बाध्य बनेकी छन् । 

बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा पाठेघरमा पलाएको चार केजीको ऐंजेरु शल्यक्रिया गरी फालेपछि रकम अभावका कारण उनलाई परिवारले घर लैजान नसकेको हो ।

उनको स्वास्थ्य भने सुधार हुँदै गइरहेको छ । अस्पतालले पनि उनलाई अब घर लाँदा हुन्छ भनिसकेको छ । तर रकम अभावमा नचाहँदा नचाहँदै अस्पतालमा नै दिन विताइरहनु परेको सम्झनाले सुनाइन् । उनले भनिन्, ‘अहिलेसम्म अस्पतालको फार्मेसीमा अलिकति पैसा तिर्यौं । तर अब उपचारको त्यत्रो पैसा कहाँबाट जोगाड गर्ने थाह छैन ।’ विहिबार अपरान्ह उनलाई भेट्न अस्पताल पुग्दा विहिबार नै अस्पतालले बेड खाली गर्न भनेको उनले सुनाइन् ।

उनको पाठेघरको शल्यक्रियाका लागि एक लाख ४५ हजार लागेको र पैसा तिर्न नसकेर घर लैजान नसकेको सम्झनाका श्रीमान पोष्टबहादुरले बताए । उनी भन्छन्, ‘चिनजानका आफन्तबाट अलि अलि उठेको पैसा पनि अस्पतालमा बस्दा सकियो । औषधिको पैसा बाहेक नै एक लाख ४५ हजार पुगेको छ । कसरी तिर्ने, अझै पैसा जुटाउन कति समय लाग्ने हो ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments