काठमाडौँ । कक्षा १२ को परीक्षामा ४२ दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np,  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np  र नेपाल टेलिकमको www.neb.ntc.net.np  वेबसाइटमा नतिजा हेर्न सकिन्छ ।

तीनवटा स्ट्रिम मानविकी, व्यवस्थापन र शिक्षाशास्त्रका विषयमा ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्ड सदस्य तथा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताउनुभयो । बोर्डले विज्ञान विषयको परीक्षाफल यसअघि नै सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको नतिजा अनुसार ब्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्तर्गत परीक्षामा सहभागी एक लाख ९३ हजार १ सय २५ मध्ये ८१ हजार ७ सय ५८ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

गत वर्ष ८४ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका थिए । गत वर्ष १ लाख ७५ हजार ५ सय ९३ सम्मिलित भएकोमा ८४ हजार ५ सय ९३ जना उत्तीर्ण भएका थिए । यो वर्ष ७७ जनाको परीक्षा रद्ध भएको छ ।

यस्तै आंशिकतर्फ १ लाख ७ हजार ५ सय ६९ मध्ये ३८ हजार ४ सय ४४ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । यो ३५ दशमलव ७४ प्रतिशत हो । गत वर्ष आंशिकमा ३९ दशमलव ५९ प्रतिशत उत्तीर्ण भएका थिए ।

Please follow and like us:

Comments