काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो एकैदिन १५ किलो अवैध सुन बरामद गर्न सफल भएको छ । डिआइजी पुष्कर कार्की सिआईबीको प्रमुख बनेर गएको केही दिनमै प्रहरीले यो सफलता पाएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख हुँदा चर्चित गुण्डानाइके दिनेश अधिकारी चरीमाथि एन्काउन्टर गरेर चर्चामा आएका कार्कीले सिआइबीको कमाण्ड सम्हालेपछि सुन तस्करीको जालो तोड्ने प्रयास थालेका हुन् ।

छ महिना अघि सिआइबीका तत्कालीन प्रमुख डिआइजी नवराज सिलवाल नेतृत्वको टोलीले सेटिङमा एयरपोर्टबाट निकालिएको ३४ किलो सुन बरामद गरेयता पहिलो पटक ठुलो परिमाणमा सुन बरामद भएको हो ।
सिआइबीले बरामद गरेको सुनमध्ये १४ किलो काठमाडौँबाट र एक किलो जनकपुरमा भेटिएको हो । प्रहरीले काठमाडौँबाट सुनसहित टोखा नगरपालिका–११ सामाखुशी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २६ वर्षीय पेम्बादोर्जे शेर्पा, भक्तपुर सूर्यबिनायक नगरपालिका–७ सिरूटारका ३८ वर्षीय दिपेन्द्र थापा, काठमाडौं  महानगरपालिका–१० बानेश्वर बस्ने ३९ वर्षीय सरोज थापा र काभ्रे, पाँचखाल नगरपालिका–१ बस्ने ३८ वर्षीय बिष्णु गौतमलार्य पनि पक्राउ गरेको छ ।

अवैध सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यबिनायक नगरपालिका–७ का ३४ वर्षाीय राजेन्द्र खत्री, सूर्यबिनायक नगरपालिका–७ कै  ३४ वर्षीय रबिन खत्री र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने ३८ वर्षीय दिपककुमार साह रहेका छन् ।

प्रहरीले बरामद गरेको सुन चीनबाट तिब्बत हुँदै रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैधरुपमा भित्र्याइएको जनाएको छ । यो सुन भारतीय बजारमा बेच्न लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

बिहीबार सामाखुशीस्थित पेम्बादोर्जे शेर्पाको घरको कोठा खानतलासी गर्दा दराजमा रहेको करिब १२ किलो र दराजको घर्रामा रहेको करीब २ किलोसहित १४ किलो सुनका टुक्रा प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी काठमाडौँमा पक्राउ परेकाको बयानका आधारमा प्रहरीले भारतका बजारमा बेच्न लाँदै गरेको अवस्थामा जनकपुरबाट पनि एक किलो सुन बरामद गरेको छ । तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषालाई खबर गरिएपछि त्यहाँबाट अन्य ४ जनाको साथबाट १ किलो सुन बरामद भएको हो ।

पक्राउ परेकाबाट प्रहरीले बा.१० च ४१९३ नम्बरको गाडी, एउटा स्कुटर, ६ सय अमेरिकी डलर र विभिन्न दरका जम्मा १ हजार १ सय ९९ चिनियाँ युआन नोट समेत बरामद गरेको छ । पक्राउ परेकालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments