काठमाडौं । प्रहरीले काठमाडौँको टोखाबाट बुधबार राति १४ किलो अवैध सुन बरामद गरेको छ । डिआइजी पुष्कर कार्की प्रमुख भएर गएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले टोखाबाट यतिका परिमाणको सुन बरामद गरेको हो ।

सुन तस्करीमा संलग्न भनिएका पेम्बा शेर्पालाई पनि सुनसँगै पक्राउ गरिएको छ । तस्करी गरिएको सुन र पक्राउ गरिएका व्यक्तिलार्इ सिआइबीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सिआइबीका तत्कालीन डिआइजी नवराज सिलवाल नेतृत्वको टोलीले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट छिराइएको ३४ किलो सुन बरामद गरेयता सबैभन्दा धेरै सुन बरामद भएको हो ।

छ महिनाअघि डिआइजी सिलवाल नेतृत्वको टोलीले ३४ किलो सुन बरामद गरेपछि तस्करीका उच्चतहका कर्मचारी र नेतासम्मको संलग्नता रहेको तथ्य बाहिरिएको थियो ।

Comments

comments