मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा एस स्टडी अष्ट्रेलिया डाँफे एम्बसडेर कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँफे फुटबल क्लबले आगामी सेप्टेम्बर २३ र २४ मा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

आयोजकका अनुसार, २० वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने टोलीलाई पाँच हजार डलर र दोस्रो हुनेलाई दुई हजार डलरसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै म्यान अफ दी सिरीजले चार सय डलर र बेष्ट गोलरक्षकले चार सय डलर तथा फाइनलको म्यान अफ दी म्याचले तीन सय डलर नगद सहित ट्रफी प्राप्त गर्नेछन।

प्रतियोगितामा मेलवर्नको दुई, थ्रीस्टार अल्बुरीको एक टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको मूख्य प्रायोजक रहेको एस स्टडी अष्ट्रेलियाका निर्देशक अभिषेक प्रधानले सहयोग र सामाजिक सदभाव नै एस अष्ट्रेलियाको लक्ष्य रहेको सुनाए।

Comments

comments