काठमाडौं । ‘सगरमाथाको गहिराइ’ लाई पद्माश्री पुरस्कार प्रदान गरिएको छ । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०७३ को पद्मश्री पुरस्कार कवि नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’ लाई दिने भएको हो । दुई लाख राशिको यो पुरस्कार कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

पद्मश्री पुरस्कारको मनोनयनमा पराजुलीको ‘सगरमाथाको गहिराइ’, जनकराज सापकोटाको ‘कहर’, कुमार नगरकोटीको ‘घाटमाण्डु’, राज सरगमको ‘छाउघर’, नवीन विभासको ‘रोल्पा सुइना’ गरी पाँच कृति परेका थिए।

वि.सं. २०७२ को पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

Comments

comments