काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सत्तारूढ दल नेपाली कांग्रेस विकासविरोधी पार्टी भएको आरोप लगाउनु भएको छ ।

उपाध्यक्ष गौतमले कांग्रेसले राजसंस्थाले जति पनि काम गर्न नसकेको दावी गर्नुभयो । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सिन्धुपाल्चोकका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै उहाँले कांग्रेसले लामो समय मुलुकमा शासन गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेको बताउनुभयो ।

उपाध्यक्ष गौतमले कांग्रेसले देश र जनताको पक्षमा अग्रगामी सोच समेत राख्न नसकेको आरोप लगाउनु भयो । उहाँले पार्टीमा प्रवेश गरेकाहरुलाई जनता र राष्ट्रको सेवा गर्ने अवसर दिने पनि बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments