चितवन । चितवनको व्यस्त सहर नारायणगढमा बिहीबार दिउँसो ड्युटीमा रहेका एकजना प्रहरी जवानमाथि खुकरी प्रहार भएको छ ।

नारायणगढको पोखरा बसपार्कस्थित क्षेत्रपुरतर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेललार्इ खुकुरी प्रहार गरिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो । उहाँले प्रहरी जवान पोखरेलमाथि दिउँसो २ बजेर ४० मिनेटमा खुकुरी प्रहार गरिएको जानकारी दिनुभयो ।

प्रनि भट्टरार्इले पोखरेलमाथि खुकुरी प्रहार गर्ने युवा दिलिप सुनारलाई तत्कालै पक्राउ गरिएको जानकारी दिनुभयो । सुनारलार्इ हिरासतमा राखेर  घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments