काठमाडाैं। बेलायतकोे राजधानी लण्डनमा ५३.१ किलो तौल बराबरको समोसा बनेको छ। उक्त समोसा विश्वको हालसम्मकै सबैभन्दा बढी तौल भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको हो ।

उत्तरी बेलायतस्थित ब्रेडफोर्ड कलेजमा १५ घण्टा लगाएर समोसा तयार गरिएको थियो । यसअघि उक्त कीर्तिमान एक सय १०.८ किलो तौल भएको समोसाको नाममा थियो।

कार्यक्रमका आयोजक फरिद इस्लामले बेलायति संचारमाध्यमहरुसंग बोल्दै भनेका छन् , ‘पहिले त हामीलाई निकै सजिलो लागेको थियो तर पछि थाहा भयो कि यो देशमा यति ठूलो भाँडा नै छैन जसमा यत्रो समोसा बनाउन सकियोस्। अनि हामीले एउटा छुट्टै भाँडा बनाउन लगायौँ,’ ।

गिनिज बुक अफ रेकर्ड्स’का अधिकारी प्रवीण पटेलले समाचार संस्था एएफपीसँग कुरा गर्दै भनेका छन्, ‘विश्व कीर्तिमान बनाउनका निम्ति समोसा जस्तै स्वरुप हुनुपर्छ, मैदाभित्र प्याज र केराउ मिसिएको हुनुपर्छ। तेलमा पकाएपछि त्यसको आकारमा परिवर्तन हुनुहुँदैन। र, मान्छेले खान मिल्ने जस्तो समोसा देखिनुपर्छ। मानिसहरुले पूरै समोसा खान पनि सक्नुपर्छ।’

कीर्तिमान कायम भएको घोषणा गरिएपछि समोसा स्थानीयलाई बाँडिएको थियो।

Comments

comments