एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भीषण आँधीबाट प्रभावित टेक्सस राज्यको भ्रमण गरेका छन् । ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आँधीले प्रभावित क्षेत्र कर्पस क्रिष्टि पुगेका हुन् । बाढीले हजारौंमानिसलाई घर छोड्न बाध्य बनाएको छ ।

खासगरी ह्युष्टन क्षेत्रमा जहाँ दुई जलाशय भरिएर पानी बाहिर बगेको छ । आँधीबाट कम्तीमा ११ जना मारिएका छन् । त्यसमा एउटै परिवारका ६ सदस्य पनि परेका छन् । उद्धारकर्ताहरु अझ पनि अड्किरहेका मानिसहरुकहाँ पुग्ने प्रयत्न गरिरहेका छन् ।

टेक्ससमा पुग्ने वित्तिकै राष्ट्रपति ट्रम्पले आँधी आउँदा के गर्नुपर्छ भन्ने उदाहरण बन्ने किसिमको उद्धार प्रयत्न होस् भन्ने आफूले चाहेको बताए । हार्भी आँधी आउन सक्ने अनुमान गरिएको नजिकैको अर्को राज्य लुजियानामा संकटकाल घोषणा गरिएको छ ।

 

Comments

comments