एजेन्सी । बार्सिलोनाले आफ्नो क्लबमा अहिले नौ वर्षीय फुटबलरलाई भित्र्याएको छ । बार्सिलोनाले क्लबका पूर्व खेलाडी प्याट्रिक क्लुभर्टका छोरा शेनलाई जुनियर टिममा अनुबन्ध गरेकाे हो ।

प्याट्रिक पिएसजीको स्पोर्ट डाइरेक्टरको रुपमा कार्यरत भएकाले शेन पनि पिएसजी मै थिए । प्याट्रिकले गत सिजनबाट पिएसजी छोडेपछि शेन अहिले बार्सिलोनामा अनुबन्ध भएका हुन् । उनी अब बार्सिलोनाको ११ वर्षमुनिको टिमबाट खेल्नेछन् ।

नौ वर्षको उमेरमा नै शेन नाइकी जस्तो कम्पनीसँग अनुबन्ध गरिसकेका छन् । इन्स्टाग्राममा उनलाई १ लाख ४६ हजारले पछ्याइरहेका छन् भने उनको युट्युब च्यानलको ४५ हजारभन्द्या बढी सब्सक्राइबर रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments