काठमडौं । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालिन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन् ।

जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ बराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ । निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी दिएका हुन् ।

साउनको पहिलो साता निगमले जग्गा खरिद गर्दा करिब ६७ कारोड रुपैयाँ घोटाला भएको तथ्य प्रकाशित भएको थियो । निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमातोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदको ठहर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments