सुनसरी । तीन करोड ६६ लाख रुपैयाँमा तीन महिनाअघि नेपाली सेनाले संरक्षण र विकाससम्बन्धी काम गरेको चिमडीको ‘बर्जु’ ताल भत्किएको छ । सेनाले करिब साढे १७ करोड रुपैयाँमा निर्माण गरेका ११ वटामध्यको यो एउटा ताल हो ।

तत्कालीन वनमन्त्री शंकर भण्डारीले वैशाख १७ गते सेनाकै हेलिकोप्टरमा गएर यसको उद्घाटन गरेका थिए ।

सेनाले विगत तीन वर्षमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको १८ करोड ५० लाख रुपैयाँमा ११ वटा तालको संरक्षण र विकासका काम गरेको छ । भूमाफियाले दर्ता गर्न खोजेको यस्ता पुराना ताल र सिमसार क्षेत्रको संरक्षण गरिएको हो ।

यीमध्ये केही तालमा राम्रो काम भए तापनि केहीमा कमजोर काम गरेको पाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments