काठमाडौं । नेपालका मुख्य चार कम्युनिस्ट पार्टीमा आबद्ध युवालाई कांग्रेस नेता प्रदीप गिरीले माक्र्सवाद पढाएका छन् ।

एमाले, माओवादी केन्द्र, मसाल र नेकपा संयुक्तका ३ सय ५० युवालाई कांगे्रस नेता गिरीले मंगलबार माक्र्सवाद पढाएका हुन् ।  क्यम्युनिस्ट पार्टीले कार्लमाक्र्सद्वारा प्रतिपादित सिद्धान्त माक्र्सवादका रुपमा अंगिकार गर्दै आएका छन् ।

कार्ल माक्र्स द्विशतवार्षिकी मूलसमारोह समितिले धुलिखेलमा आयोजना गरेको ५ दिवसीय प्रशिक्षणमा नेता गरीले ‘कार्लमाक्र्स र उनका देन’ बारे कक्षा लिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments