मेलबर्न । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा र बिभिन्न राज्यमा कार्यरत महावाणिज्यदूत लगायत वाणिज्यदूतहरुबीच भएको परामर्श बैठकले विद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

अष्ट्रेलियाको क्यानबेरामा मगलबार भएको बैठकले बढ्दो नेपाली विद्यार्थीहरुको संख्यालाई दृष्टिगत गरी गैह्र आवासीय नेपाली संघ (एनआरएन) तथा नेपाली शैक्षिक परामर्शदाताहरुसँग परामर्श गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

दूतावासका अनुसार राजदूत लक्की शेर्पाको आयोजनामा भएको बैठकमा नेपाल-अष्ट्रेलिया ट्रेड एण्ड कमर्स टिम स्थापना गर्ने, आर्थिक सम्मेलन गरी नेपालको उत्पादन तथा उद्योग व्यवसाय प्रवर्द्धन गर्ने, खेल कुटनीतिको माध्यमबाट नेपाल अष्ट्रेलियाको सम्बन्धलाई जनस्तरसम्म अझ मजबुत बनाउँदै लैजाने, दुई देशबीच साँस्कृतिक कार्यक्रमहरु आदान प्रदान गर्ने र उच्चस्तरीय राजनीतिक, शैक्षिक व्यापारिक भ्रमणहरु आदान प्रदान गर्नेतर्फ प्रयास गर्ने जस्ता महत्वपूर्ण निर्णय भएको छ ।

भर्खरै अष्ट्रेलियाको राज्यहरुको औपचारिक अध्ययन भ्रमण गर्नुभएकी राजदूत शेर्पाले महावाणिज्यदूत/वाणिज्यदूतहरुले गरिरहेको कामको सह्राना गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान अभिवृद्धि गर्न अझ बढी योगदान पुर्‍याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । अष्ट्रेलियामा दूतावास स्थापना भएपछि राजदूतद्वारा यसरी व्यवस्थित कामको थालनी तथा महत्वूर्ण निर्णय भएको यो पहिलो पटक हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments